Monday, December 1, 2025

बागलुङमा स्रष्टा भेटघाट कार्यक्रम

विद्या मन्दिर पुस्तकालय, वागलुङले वि.सं. २०८२ साल मंसिर १४ गते नेपाल प्रज्ञा -प्रतिष्ठान र देवकोटा लुसुन प्रज्ञा-प्रतिष्ठानका पदाधिकारीहरूको स्वागतमा स्वागत तथा भेटघाट कार्यक्रमको आयोजना गऱ्यो । विद्या मन्दिर पुस्तकालय, वागलुङका पदाधिकारीहरू र वागलुङमा बसेर साहित्य साधना गर्नुहुने स्रष्टा एवम् समाजसेवीहरूले पाहुना नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभा, भाषा आयोगका सदस्य मातृका पोखरेल, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य अगिव बनेपाली र देवकोटा लुसुन प्रज्ञा- प्रतिष्ठानका महासचिव सीता शर्मालाई खादा र टिका लगाएर स्वागत गर्नुभएको थियो । नेपाल प्रज्ञा- प्रतिष्ठानले बागलुङमा रहेर नेपाली साहित्य र संस्कृतिको क्षेत्रमा दीर्घसाधना गरेवापत प्रतिष्ठानको पूर्व निर्णयबमोजिम प्राज्ञ प्रेम छोटालाई सम्मान गऱ्यो । उक्त सम्मानपत्र प्रतिष्ठानका उपकुलपति विमल निभाले प्रदान गर्नुभएको थियो । उक्त स्रष्टा भेटघाट कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभा, भाषा आयोगका माननीय सदस्य मातृका पोखरेल, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य अगिव बनेपाली र देवकोटा लुसुन प्रज्ञा- प्रतिष्ठानका महासचिव सीता शर्मा, सम्मानित प्रतिभा प्रेम छोटा, साहित्यकार काजी गाउँले, प्रा. डा. दील बहादुर थापा, लक्ष्मण श्रेष्ठ लगायतले मन्तव्य राख्नु भएको थियो ।

०००







































No comments:

Post a Comment