Monday, July 3, 2023

भारत, आसामका साहित्यकारहरुको सम्मानमा स्वागत कार्यक्रमको आयोजना ।

 यही २०८० साल असार १८ गते मित्रराष्ट्र भारत, आसामबाट नेपाल भ्रमणमा आउनुभएका प्राध्यापक, भाषाविद् एवम् साहित्यकारहरुको सम्मानमा देवकोटा-लुसुन प्रज्ञा-प्रतिष्ठानले एक स्वागत कार्यक्रमको आयोजना गर्‍यो । महाकवि लक्ष्मीप्रसाद देवकोटाको सङ्ग्रहालय मैतिदेविमा आयोजित कार्यक्रममा देवकोटा-लुसुन प्रज्ञा-प्रतिष्ठानका अध्यक्ष निनु चापागाईं,  नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ , सदस्य - सचिव डा. धनप्रसाद सुवेदी, देवकोटा-लुसुन प्रज्ञा-प्रतिष्ठानका उपाध्यक्ष रामबाबु सुबेदी, उपाध्यक्ष मातृका पोखरेल, महासचिव रणेन्द्र बराली, कोषाध्यक्ष कृष्ण प्रसाईं, सदस्यहरु सुनिल पौडेल, बाबा बस्नेत, सीता शर्मा, नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य, डा. मधुसुदन गिरी, डा. कृष्णराज अधिकारी, कौशिला रिसाल लगायतले अतिथिहरुको स्वागत गर्नुभएको थियो । उक्त स्वागत कार्यकमम  अतिथिहरुको तर्फबाट प्रा. खगेन शर्माले अतिथिहरुको परिचय गराउनुका साथै  आफ्नो  मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको संयोजन नेपालका तर्फबाट सुनिल पौडेल र भारतको तर्फबाट साहित्यकार डा. सिर्जना शर्माले गर्नुभएको थियो । कार्यक्रम पश्चात अतिथिहरुलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाको सङ्ग्रहालय अवलोकन गराइएको थियो ।

०००


















































No comments:

Post a Comment