Sunday, August 27, 2023

देवकोटा लुसुन प्रज्ञा -प्रतिष्ठानको नवौं साधारणसभा सम्पन्न ।

यही २०८० साल भाद्र १० गते आइतबार देवकोटा लुसुन प्रज्ञा -प्रतिष्ठानले आफ्नो नवौं साधारणसभा सम्पन्न गरेको छ । प्रतिष्ठानका अध्यक्ष निनु चापागाईंको सभापतित्वमा सम्पन्न उक्त साधारणसभाले अध्यक्ष चापागाईंले प्रस्तुत गर्नुभएको संस्थाको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष कृष्ण प्रसाईंले प्रस्तुत गर्नुभएको वार्षिक आयव्यय विवरण सर्वसम्मत रुपमा पारित गरेको थियो । साधारणसभाले सुनिल पौडेलको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ । उक्त साधारणसभाले समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा मातृका पोखरेल, महासचिवमा सीता शर्मा, सचिवमा बाबा बस्नेत, कोषाध्यक्षमा कृष्ण प्रसाईंलाई र सदस्यहरूमा जीवन शर्मा र देवेन्द्र थुम्केलीलाई सर्वसम्मत रुपमा चयन गर्‍यो ।

त्यसैगरी साधारणसभाले निनु चापागाईंको संयोजकत्वमा रामबाबु सुवेदी, रणेन्द्र बराली र हरिगोविन्द लुइँटेल सदस्य रहनुभएको एक सल्लाहकार समितिको गठन पनि गरेको छ ।